२४ घण्टामा ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु

NAWALPUR TIMES

२४ घण्टामा ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु
Corona1617245112

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३८४० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले पछिल्लो समयमा कोरोना संक्रमणको अवस्था व्यापकरुपमा बढेको छ । अहिले २४ प्रतिशतसम्म कोरोना संक्रमित देखिएको उनले जानकारी दिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology