२० प्रतिशत प्रोत्साहन रकम पाउनुपर्ने भन्दै स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित

NAWALPUR TIMES

२० प्रतिशत प्रोत्साहन रकम पाउनुपर्ने भन्दै स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित
IMG 20240609 WA00051

कावासोती । नवलपुरमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगीहरु विभिन्न माग राखेर आन्दोलित भएका छ्न ।

नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको कार्यक्रमको मुख्य भुमिकामा रहेका बिमा दर्ता सहयोगी यतिबेला नवलपुर सहित देशभर आफ्ना विभिन्न माग राख्दै आन्दोलित भएका हुन ।

दर्ता सहयोगीले पाउदै आएको १०% प्रोत्साहन रकमलाई बढाएर कम्तीमा २०% बनाउनुपर्ने, प्रोत्साहन रकममा १५% करकट्टी गरेर दर्ता सहयोगीको मनोबल गिराई निरुत्साहित बनाउने काम हुन लागेकाले करकट्टी रकम १% नै कायम गर्नुपर्ने, दर्ता सहयोगिलाई पोशाक र मसलन्द सामानको ब्यबस्था गरिनु पर्ने, दर्ता सहयोगीले पाउने प्रोत्साहन रकम समयमै पाउनु पर्ने र अन्लाईन नविकरणको प्रोत्साहन रकमको हकदार समेत दर्ता सहयोगी हुनुपर्ने लगाएत माग राख्दै नवलपरासी ( वर्दघाट सूस्ता पूर्व)का दर्ता सहयोगीले स्वास्थ्य बीमा दर्ता सहयोगी संघर्ष समितिमार्फत् ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्रका मागहरु सम्बोधन नभएमा वा बेवास्ता गरिएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समिती संयोजक होमनाथ पौडेलले बताए ।

जिल्लाभर रहेका ९२ वडाका दर्ता सहयोगीको प्रतिनिधिमुलक सहभागितामा नवपुरका स्वास्थ्य बिमा प्रमुख धुर्वराज बोगटी मार्फत स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी र कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई ज्ञापनपत्र पठाएका हुन् ।

दर्ता सहयोगीले स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालय र जिल्ला सम्पर्क कार्यालयलाई समेत बोधार्थ ज्ञापनपत्र बुझाएका छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology