१९ लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ

NAWALPUR TIMES

१९ लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ
images 2

पोखरा। कास्की प्रहरीले पोखराको चापापानीबाट ६ जना जुवाडे पक्राउ गरेको छ। पोखरा महानरपालिका वडा नं-१२ चापापानीस्थित नवीन गौचनको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरू गए राति २ बजे पक्राउ परेका हुन्। उनीहरूको साथबाट १८ लाख ७५ हजार ५३० रुपैयाँ बरामद भएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

पक्राउ पर्नेमा मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं-३ घर भई हाल पोखरा-१२ चापापानी बस्ने ३२ वर्षीय नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ छन्।

उनीहरूले उक्त स्थानमा जुवा खेल्नकै लागि सिसिटिभी जडान गरी सङ्गठित रूपमा जुवा खेल्ने खेलाउने गरेको प्रवक्ता हमालले बताए। पक्राउ परेका उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology