१४औं महाधिवेशन २०७८ मङसिरमा सार्ने आन्तरिक तयारी गर्दै देउवा

NAWALPUR TIMES

१४औं महाधिवेशन २०७८ मङसिरमा सार्ने आन्तरिक तयारी गर्दै देउवा
1591787521.congress building

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ साल मंसिरसम्म सार्ने तयारी भएको छ । सभापति शेरबहादुर देउवाले अर्को मंसिर सम्म १४ औं महाधिवेशन सार्ने गरि आफु निकटहरुसंग छलफल थालेको बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन आउदो फागुनका लागि तोकिएको छ ।

फागुनमा तोकिएको महाधिवेशनको म्याद बढिमा ६ महिनासम्म म्याद थप गर्न सकिन्छ । सो अनुसार सभपाति देउवाले भदौसम्म महाधिवेशन स्वतः लम्ब्याउने निश्चित छ ।

तर सभापति देउवाले सर्वोच्च अदालतले लकडाउनको अवधिलाई शुन्य अवधि भनेकाले सो अवधिलाई ६ महिनामा गणना नहुने भएकाले सो अनुसार फागुनवाट चार महिनाको अवधि घटाउदा मंसिर सम्म जाने भएकाले देउवाले १४ औं महाधिवेशनको म्याद मंसिर लैजाने तयारी गरेका हुन् ।

उनले आफु निकटहरुसंग देउवाले गरेको छलफलमा उपसभापति विमलेन्द्र निधी र महामन्त्री पूर्णबहादुर खड्काले भने सो प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology