१० बजे नेपाल आईपुग्दै सन्दिप

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २० गते ७:२७
१० बजे नेपाल आईपुग्दै सन्दिप
gettyimages 1197438049 2048x2048 1

नवलपुर ।  नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बिहान १० बजे कतार एयरलाइन्सको विमानमार्फत नेपाल आइपुग्ने बताएका छन् । बिहीबार फेसबुकमार्फत उनले कतार एयरवेजमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताएका हुन् ।

‘प्रहरीसामू आफूलाई बुझाउने गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छु‚’ उनले लेखेका छन्‚ ‘मैले यसअघि नै प्रहरी अधिकारीलाई आफ्नै इच्छामा आत्मसमर्पण गर्ने लिखित जानकारी गराइसकेको छु ।’

षड्यन्त्र र गलत आरोपको सामना गरिरहेको भन्दै कानुनले आफूलाई निर्दोष सावित गर्ने विश्वास लिएको बताएका छन् ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

 

उनी नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका थिए ।

प्रकाशित : २०७९ असोज २० गते ७:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI