१०४ वर्ष पहिल्यौ नेपालमा सुृरुङ थियो, नेपालमा रेल आउथ्यो!

NAWALPUR TIMES

काठमाडौं । नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो।

सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो। यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो।

यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २।५ मिटर र उचाइ तीन मिटर छ।

पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology