ह्वाट्सएपमा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना हुने

NAWALPUR TIMES

ह्वाट्सएपमा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना हुने
Whats app

ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवानासमेत हुन्छ भन्ने कुरा पत्यार नलाग्न सक्दछ । तर मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ ।

साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी पत्रिका ओकाजले उल्लेख गरेको छ ।

अरुको सहमति वेगर ह्वाट्सएपमा ‘रेड हर्ट’सँगै रातो गुलाब तथा अन्य प्रेम वा यौन संकेत गर्ने इमोजीहरू पनि पठाउनु अपराध ठहर हुनेछ ।

अटेरी गरेर पटक-पटक ह्वाट्सएपमा यस्ता इमोजी पठाएमा तीन लाख साउदी रियालसम्म जरिवाना र ५ वर्षसम्मको जेल सजायँ हनेछ ।

एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology