हो, हाम्रा कविताहरु वाहियात हुन् !

NAWALPUR TIMES

हो, हाम्रा कविताहरु वाहियात हुन् !
Screenshot 20240715 184511 Facebook

करुण लम्साल-

हो, हाम्रा कविताहरु वाहियात हुन् !

जे बोल्दा छुच्चो भइन्छ।
जे लेख्दा अणु बज्रीन्छ।
जसका शब्दले एटम पड्काउछ।
जसले मुर्दाहरुलाइ बिउझ्याउछ।
जसले सास भएकाहरुमा आस जगाउछ।
देशका दलेहरु बिरुद्व आगो ओकल्छ।

हो , ति कविताहरु वाहियात हुन्।

जसले आँखा भएका अन्धाहरुलाई।
खुट्टा भएका अपाङ्गहरुलाई,
दिमाग भएका बौद्धिक दरिद्रहरुलाई,
झपार्छ,चिथोर्छ, कुरिकुरी लगाउछ।
हो,हो, त्यो कविता वाहियात हो।

यत्न/ प्रयत्नका बाबजुद मान्छेलाइ मान्छे बनाउन नसकिरहेको
तेरो
यहाँहरुको
कविता,
तलाइ थाहा छ!!
वाहियात हो,साच्चै वाहियात हो।
आखिर तेरो कविताको शब्दले आन्द्रा भरिन्न!
तेरो कविताको भावको प्रवाहले बुज्रुकहरुको गिदि फेरिन्न!
तेरो कविताले भुइमान्छे ओत र भोक भरिन्न!!
फेरि पनि त बहुला कविता लेखिरहन्छस्।

एकछिन सुन्दा वाहवाहि पाउछस र मख्ख हुन्छस
अनि कविता लेख्छस।
तर तर समाजको “स ´´ हल्लाउन नसक्ने
मात्र वाहवाहि पाउने !!!!
हो, कविता वाहियात हो।

न तेरो कविताले दलालि गर्छ!
न तेरो कविताले मानवताको लिलामि गर्छ!
न तेरो कविताले शरणार्थी बेच्छ!
न तेरो कविताले सत्ता परिवर्तन गर्छ!
फेरि पनि ए! बहुला शब्द कोरिरहन्छस।
भावनाका तरङ्गहरुको सजावट गरिरन्छस्।
ए पागल !! किन कविता लेखिरहन्छस्।
तेरो कविता वाहियात हो ,

तेरो कविताले न त रुसोले झै फ्रान्सेली क्रान्ति गर्न/गराउन सक्यो।
न त निरालाले झै स्वराज स्थापित गर्न/गराउन सक्यो।
न त प्रकोपले रित्याएका पेटहरुमा मात्र एक थोपा खोले भर्न सक्यो।
न त चुच्चे नक्सा सहित पाएको जग्गाधनिलाइ माटोको स्वामित्व दिलाउन सक्यो।
न त निर्मलाको यौनि च्यात्ने लिङ्गको पहिचान गर्न सक्यो।
त्यसैले साथी,
हाम्रा कविता फगत नेपाली बर्णमालाको अक्षर र मात्र शब्द न हुन् ।
तेरो कविता भालुलाइ सुनाउने पुराणका कथामात्र न हुन।

थुइक्क नकचरो त !!
अझैपनि सृजनाले सुधार ल्याउछु भन्छस पटमुर्ख!!!
समाजको “`स´´ मा फेरवदल गर्न नसक्ने तँ,
मात्र कहिलेकाहि वाहवाहिको लोभले
वाहियात कविता लेख्छस।

थाहा पाइराख!!
हो,हाम्रा कविताहरु वाहियात हुन् ।
कविता नबुझ्नेहरुले भन्ने सबै वाहियातहरु कविता हुन।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology