होलीमा प्रहरी कार्वाहीबाट ७४ हजार राजस्व संकलन

NAWALPUR TIMES

होलीमा प्रहरी कार्वाहीबाट ७४ हजार राजस्व संकलन
IMG 20210330 143435

कावासोती । होलीको दिनमा गरिएको प्रहरी कार्वाहीबाट पुर्वी ७४ हजार राजस्व संकलन भएको छ ।

जिल्लाको मुख्य राजमार्ग एंव भित्री सडक खण्डहरुमा मापसे गरि सवारी साधन चलाउने, हेल्मेट नलगाई मोटसाईकल चलाउने, क्षमता भन्दा बढि(तिन) जना बसी मो.सा चलाउने, ओभर स्पिड चलाउने, स्वरुप परिवर्तन गरेका मोटसाईकल, स्कुटर, हाइस गरि जम्मा २०७ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए ।

नियन्त्रणमा लिईएका सवारी साधन मध्ये ९८ वटा सवारी साधनलाई कारवाही गरिदा ७४ हजार रुपैंया राजश्व संकलन हुन आएको र बाकीं १ सय ९ वटा सवारी साधनहरु कारवाहीको प्रक्रियामा रहेको र कानुन बमोजिम निजहरुले गरेको गल्तिको आधारमा ट्राफिक जरिवाना गरी सवारी धनिहरुलाई सवारी जिम्मा दिने कार्य भई रहेको गिरीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology