हैदरावादलाई पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्षमा

NAWALPUR TIMES

हैदरावादलाई पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्षमा
9S6A4696

आईपीएल २०२० अन्तर्गत १७ औं खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै लिगमा तेश्रो जित दर्ता गरेको छ।

शारजाह स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।

हैदरावादको लागि कप्तान डेभिड वार्नरले ६० रन बनाएता पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। मनिष पाण्डेले ३०, जोनी बेयरस्टोले २५ तथा अब्दुल समदले २० रन बनाए।

लक्ष्य पछ्याउने क्रममा पाँचौ ओभरमा १५ बलमा २ छक्का र २ चौका मद्दतले २५ रन बनाएका ओपनर जोनी बेयरस्टोलाई ट्रेन्ट बोल्टले हार्दिक पान्ड्याबाट क्याच आउट गरे। त्यसपछि वार्नरले मनिष पाण्डेसंग दोश्रो विकेटको लागि ६० रनको साझेदारी गरे। १० औं ओभरमा पाण्डेलाई जेम्स प्याटीन्सले पोलार्डबाट क्याच आउट गराए। पाण्डेले १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए।

कप्तान वार्नरले ६० रन बनाए पनि जित दिलाउन अपर्याप्त रह्यो

१३ औं ओभरमा ट्रेन्ट बोल्टले ३ रन बनाएका केन विलियमसनलाई विकेटकिपर डीककबाट क्याचआउट गराए। १५ औं ओभरमा क्रुनाल पान्ड्याले प्रियम गर्ग ( ८ रन ) लाई क्याच आउट गराए। डिप मिड-विकेट बाउन्ड्रीमा चाहरले उत्कृस्ट क्याच गरे।

अर्को किनारमा विकेट गुमे पनि क्रिजमा डटिरहेका डेभिड वार्नरलाई १६ औं ओभरमा प्याटीन्सनले क्याच आउट गराए। इशान किशनले सर्ट थर्ड म्यानमा दायाँ तर्फ डाइभ गर्दै शानदार क्याच गरे।

रन गति बढ्दै गर्दा १९ औं ओभरमा ट्रेन्ट बोल्टले मात्र ४ रन खर्चदा हैदरावादमा दबाब बन्यो। अब्दुल समदले ९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाएर जित दिलाउने प्रयास गरेता पनि १९ औं ओभरमा बुम्राहले उनलाई क्याच आउट गराए। सोहि ओभरमा १३ बलमा १० रन बनाएका सन्दिप शर्मालाई बुम्राहले बोल्ड गरे।

इनिंगको अन्तिम ओभरमा पोलार्डले मात्र २ रन खर्च गर्दै अन्तिम ५ बल डट गरे पछि खेलमा मुम्बई अन्तम सहजै विजयी रह्यो।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राह ( ४-०-४१-२ ), ट्रेन्ट बोल्ट ( ४०-२८-२ ) र जेम्स प्याटिन्सन ( ४-०-२९-२ ) ले समान २ विकेट लिए। क्रुनाल पान्ड्या ( ४-०-३५-१ ) ले १ विकेट। काइरन पोलार्ड ( ३-०-२०-० ) र राहुल चाहर ( १-०-१६-० ) विकेटविहिन रहे।

मुम्बईको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०८ रन  बनाएको थियो।

मुम्बईको लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ३९ बलमा ४ चौका र ४ छक्का हिर्काए। काइरन पोलार्डले अविजित १३ बलमा २५ ( ३ छक्का ) , क्रुनाल पान्ड्याले ४ बलमा अविजित २० रन ( २ चौका र २ छक्का ) बनाए।  इशान किशनले २३ बलमा ३१ ( १ चौका र २ छक्का ),  हार्दिक पान्ड्याले १९ बलमा २८ ( २ चौका र २ छक्का ) रन बनाए।

ओपनर रोहित शर्मालाई ( ६ रन) पहिलो ओभरमै सन्दिप शर्माले विकेटकिपर जोनी बेयरस्टोबाट क्याच आउट गराए। त्यसपछि छैठौं ओभरमा सुर्यकुमार यादबलाई ( २७ रन ) सिद्धार्थ कौलले क्याच आउट गराए।

तेश्रो विकेटको लागि डीकक र इशान किशनले ७८ रनको साझेदारी गरे। डीककलाई १४ औं ओभरमा राशिद खानले आफैले क्याच गरेर पेभेलियन फर्काए। लगत्तै ओभरमा किशनलाई सन्दिप शर्माले क्याच आउट गराए जुन क्रममा लंगअफ बाउन्ड्रीमा मनिष पाण्डेले दायाँतर्फ डाइभ गर्दै उत्कृस्ट क्याच लिए।

डीककले सर्वाधिक ६७ रन बनाए

पाँचौ नम्बरमा ब्याटिंगमा आएका हार्दिक पान्ड्या र काइरन पोलार्डले २६ बलमा ४१ रनको साझेदारी गरे। पान्ड्यालाई सिद्धार्थ कौलले अन्तिम ओभरमा योर्करमा बोल्ड गरे।

अन्तिम ओभरमा क्रुनाल पान्ड्याले खेलेको ४ बलमा क्रमशः छक्का, चौका, चौका र छक्का प्रहार गर्दै टिमको योगफल २ सय पार गराए।

हैदरावादको बलिंगमा सन्दिप शर्माले सर्वाधिक २ विकेट लिए। रोहित शर्मा र इशन किशनको विकेट लिएका उनले ४ ओभरमा ४१ रन खर्चिए। राशिद खानले १ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र २२ रन खर्चिए। राशिदले १६ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्दा मात्र २ रन खर्चिएका थिए।

सिद्धार्थ कौलले २ विकेट लिंदा ४ ओभरमा ६४ रन खर्चिए। टि नटराजनले विकेट नलिए पनि ४ ओभरमा २९ रन मात्र खर्चिए। अब्दुल सामद ( २-०-२७-० ) र केन विलियमसन ( २-०-२४-० ) पनि विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

५ खेलमा ३ जित र २ हार पछि ६ अंक बटुल्दै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा दिल्ली र बैंगलोर दोश्रो र तेश्रो स्थानमा रहेको छ।

हारपछि हैदरावाद ५ खेलमा २ जित र ३ हार पछि ४ अंक सहित छैठौं स्थानमा रहेको छ। समान ४ अंक रहेता पनि कोलकाता र राजस्थान चौथो र पाँचौ स्थानमा रहेको छ।

मुम्बईले आगामी खेल मंगलबार राजस्थानसंग खेल्नेछ। हैदरावादले बिहिबार पन्जाब बिरुद्ध खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology