‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

NAWALPUR TIMES

‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
1601917220487

स्टकहोम- सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ।

कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो।

यो वर्षको एक करोड स्वीडिस क्रोना (करिब एघार लाख २० हजार ) नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ।

उनीहरूको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ।

सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण बर्षेनी सयौँ लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग (क्रोनिक हेपाटाइटिस) परीक्षण तथा उपचार सम्भव भएको हो।

नोबेल समितिका महासचिव थोमस पर्लम्यानले पत्रकार सम्मेलनमा भने, “आफूले पुरस्कृत तीनमध्ये दुई व्यक्तित्वलाई भेटेको र उहाँहरूलाई पुरस्कृत गरिएको सूचनाले उहाँहरू आश्चर्यचकित, खुशी, र पुलकित हुनुभएको थियो।” रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology