हुप्सेकोट-४ रुम्सीमा नेकपा परित्याग गरि ५० जना नेपाली काङ्ग्रेसमा प्रवेश

NAWALPUR TIMES

हुप्सेकोट-४ रुम्सीमा नेकपा परित्याग गरि ५० जना नेपाली काङ्ग्रेसमा प्रवेश
received 245167857030486

राजु चापागाईं/कावासोती
नेकपाको गढ मानिने हुप्सेकोट ०४ रुम्सिका ५० जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।नेकपाले विकाशको प्यास मेटाउन नसकेको बताउदै उनिहरु सोमबार नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गरेको काङ्ग्रेस हुप्सेकोटले जानकारी दिएको छ ।

उनिहरुलाई नेपाली काङ्ग्रेसमा स्वागत गर्दै नेपाली काङ्ग्रेस नवलपुरका सभापति तथा गण्डकी प्रदेशका सांसद बिष्णु लामिछानेले नेकपाको सरकारले जनतालाई नराम्रो संग झुक्याएको बताउदै नेपाली काङ्ग्रेस सदैब जनताको बिकाशको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

त्यस्तै पाटी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस संगठन बिभागका केन्द्रिय सदस्य तथा काङ्ग्रेस नवलपुरका नेता बिष्णु कुमार कार्कीले आफ्नै पाटी भित्रको समस्या सुल्झाउन नसक्ने नेकपाले देश र जनताको समस्या सुल्झाउला भनेर सोच्नु भ्रम मात्रै हुने टिप्पणी गरेका थिए । कार्किले सरकार चौतर्फि रुपमा असफल भएको आरोप लगाएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देबि पाण्डेले उज्यालो हुप्सेकोट कार्यक्रम अन्तरगत चाडैं नै रुम्सिमा विद्युत पुग्ने बताउदै रुम्सिबासिको बिकाशको अपेक्षा पूरा गर्न आफू सदैब अग्रसर रहेको बताईन ।

नेपाली काङ्ग्रेस हुप्सेकोट वडा नम्बर ०४ का सभापति बल बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिपि फाउन्डेसन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का संयोजक चेतन पौडेल लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology