हुप्सेकोट गाउँपालिकामा विपन्न परिवारको तथ्यांक संकलन गरिदै

NAWALPUR TIMES

नवलपुर । हुप्सेकोट गाउँपालिकाले अति बिपन्न र मजदुरी गरि जीवन चलाउदै आएका परिवारको तथ्यांक संकलन गर्न लागेको छ । कोरोना भाईरस (कोभिड 19)को रोकथामका लागि सरकारले लकडाउन गरेपछी सबै भन्दा बढी समस्या मजदुरी गरेर खाने समुदायलाई परेको ठहर्दै गाउँपालिकाले खाद्यान्नको बितरणको तयारि स्वरुप त्यस्ता ब्यक्ती र समुदायको तथ्यांक निकाल्न लागेको हो । आज बसेको कोरोना बिपद ब्यवस्थापन समितिको सचिवालयको बैठकले प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा तथ्यांक संकलन समिती गठन गरेको छ । गठित समितिले ६ वटै वडा भित्र रहेका अति बिपन्न, र मजदुरी गरि खाने समुदायको तथ्यांक निकाल्ने कोरोना बिपद ब्यवस्थापन समितिकी संयोजक समेत रहेकी गा.पा.अध्यक्ष लक्ष्मी देबि पाण्डेले जानकारी दिईन । उनका अनुसार आज गठित समितिले दैनिकी नै अप्ठ्यारोमा परेको समुदायको पहिचान गरि ल्याएको तथ्यांक अनुसारनै गाउँपालिकाले खाध्यान्न बितरण गर्ने छ ।

हुप्सेकोट गाउँपालिकामा विपन्न परिवारको तथ्यांक संकलन गरिदै 2


गाउँपालिकाले आज नै १४ वटा पिपिई स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई हस्तान्तरण गरेको छ भने भोलि बाट लकडाउनलाई अझ प्रभाबकारी बनाउने भएको छ । बिना काममा घर बाहिर निस्कने,दुई वा दुई भन्दा बढी ब्यक्ती भेला भई बस्नेलाई पहिले सम्झाउने ,सम्झाएर पनि अटेर गरे कारबाही गर्ने निर्णय भए बमोजिम लकडाउनलाई थप प्रभाबकारी गराउन तयारी थालिएको हो । गाउँपालिकाको ६ वटै वडामा लकडाउनलाई प्रभाबकारी गराउनका निमित्त स्वयंसेवकको ब्यवस्था समेत गरेको जनाईएको छ ।
हुप्सेकोट गाउँपालिकाका वडाहरुमा स्वत स्फुर्त रुपमा युवाहरु मास्क बितरण तथा जनचेतनामा जुटेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology