हुप्सेकोटमा हेल्प डेक्स स्थापना

NAWALPUR TIMES

हुप्सेकोटमा हेल्प डेक्स स्थापना
received 146630100040129

१२ चैत्र

हुप्सेकोट गाउँपालिकाले बाह्य मानिस भित्रन सक्ने सम्भाव्य सिमानाहरुमा हेल्प डेक्स स्थापना गरेको छ ।
यसरी स्थापना गरिएको पाँच हेल्प डेक्समा पालिकाको सिमाना भित्र प्रबेश गर्ने र बाहिर जानेहरुलाई कडाई गरिएको छ भने अत्यावश्यक काममा आवतजावत गर्नेहरुलाई सामान्य स्वास्थ्य परिक्षण गर्दै कोरोना भाईरस (कोभिड 19)बारे सचेतना दिने गरिएको छ ।

हुप्सेकोटमा हेल्प डेक्स स्थापना 5


सापकोटाका अनुसार आज दुई वटा क्वारेन्टाइनका भवन थप गरिएको छ । अर्पण आवासीय मा.बि. झ्यालबास र मुसेडांडा सामुदायिक बन कार्यालको सभाहल झ्यालबासमा क्वारेन्टाइनको तयारी अघि बढाईएको छ भने
यस अघि नै क्वारेन्टाइनको तयारी गरिएको गाउँपालिकाको सभाहलमा क्वारेन्टाइनका लागि सबै पुर्बाधार तयार गरिएको छ ।

हुप्सेकोटमा हेल्प डेक्स स्थापना 6


हुप्सेकोट गाउँपालिकाको स्थाई बसोबासी भई रोजगारी र अन्य कामका लागि बिदेश गएर फर्किएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा स्वयंसेवकको टिमले दुई हप्ताको समय भित्र अन्य मुलुकबाट पालिकाको सिमाना क्षेत्र भित्र आएका जनताको तथ्यांक निकाल्दै उनिहरु बसेको घरमा पुगेर सामान्य स्वास्थ्य परिक्षण पश्चात् सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । यसरी बाहिरबाट आएर सेल्फ क्वारेन्टाइनमा बसेकालाई प्रत्येक दिन सम्पर्क गरेर उनिहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

हुप्सेकोटमा हेल्प डेक्स स्थापना 7


त्यस्तै पुर्ब सावधानिका लागि पालिका भित्रका ६ वटै वडाहरुमा वडा स्तरिय कोरोना बिपद ब्यवस्थापन समिती गठन गरिएको पालिका स्तरिय कोरोना बिपद ब्यवस्थापन समितिकी संयोजक समेत रहेकी गा.पा.अध्यक्ष लक्ष्मी देबि पाण्डेले जानकारी दिईन ।

हुप्सेकोटमा हेल्प डेक्स स्थापना 8


भोलि देखि जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र स्वयंसेवकको टिमले घर दैलो गरेर कोरोना भाईरसबाट बच्ने उपायबारे जानकारी दिने तयारी रहेको पाण्डेको भनाई छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology