हुप्सेकोटमा सुरु गरियो विपन्न र असहायको चुलो बाल्ने पृथक अभियान “अैंचो-पैंचो कार्यक्रम”

NAWALPUR TIMES

हुप्सेकोटमा सुरु गरियो विपन्न र असहायको चुलो बाल्ने पृथक अभियान “अैंचो-पैंचो कार्यक्रम”
received 1122110088144539

कावासोती । कोरोना भाईरस (कोभिड 19) को महामारी बढ्दै जादा हुप्सेकोट २ कोलियाका स्थानिय अगुवाहरुले बिपन्न र असहायको चुलो बाल्ने पृथक अभियान “अैंचो-पैंचो कार्यक्रम” सुरुवात गरेका छन । “अैंचोपैंचो कार्यक्रम” अन्तरगत श्रम र खाध्यान्न तथा नगदको अैचोपैचो गरिने बताईएको छ ।

लकडाउनको अबधि बढ्दै जादा समस्यामा परेका मजदुर तथा बिपन्न नागरिकले श्रम दिएर खाध्यान्न तथा नगद लिन सक्नेछन भने असहाय,अपाङ्ग तथा बृद्ध अवस्थाका नागरिकले सम्पर्क गरेमा निशुल्क खाद्यान्न उपलब्ध गराईने अैंचोपैंचो कार्यक्रमका अभियन्ता चेतन रानाले बताए ।

रानाका अनुसार अ‌ैंचोपैंचो कार्यक्रमलेनै सम्पर्कमा आउने बिपन्न नागरिकको लागी कामको ब्यवस्था गरिदिने र उसको श्रमको चलनचल्तिको मुल्य बराबरकै खाद्यान्न उपलब्ध गराईने तथा खाद्यान्नको अभाबमा चुलो निभाउन बाध्य नागरीक सम्पर्कमा आएको अवस्थामा पहिले नै खाद्यान्न उपलब्ध गराएर पछि श्रममा लगाउन सकिने ब्यवस्था गरिएको छ ।

गाउँपालिकाले खाद्यान्न बितरण गर्दा बिपन्नको संख्या अस्वभाबिक देखिएकाले अैचोपैचो कार्यक्रमले बास्तबिक बिपन्नको पहिचान हुने बिश्वाश पनि अैचोपैचो कार्यक्रमका अभियन्ताहरुले लिएका छन । कार्यक्रम साबिकको देउराली गा.बि.स. को वडा नम्बर ०२ कोलियाबाट सुरुवात भएता पनि आवश्यकता र कार्यक्रमको प्रभाबकारिता हेरेर गाउँपालिका सङ्गको समन्वयमा हुप्सेकोटको अन्य वडामा बिस्तार गरिने बताईएको छ । कार्यक्रम लकडाउन अबधिभर संचालन गरिनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology