हुप्सेकोटमा भदौ २२ बाट युनाईटेड गोल्ड कप हुँदै,देशभरका चर्चित फुटबल क्लब सहभागी हुने

NAWALPUR TIMES

हुप्सेकोटमा भदौ २२ बाट युनाईटेड गोल्ड कप हुँदै,देशभरका चर्चित फुटबल क्लब सहभागी हुने
received 1013978816306717

कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष भदौ २२ गतेबाट सुरु हुने भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा संचालन हुन लागेको हो ।

प्रतियोगितामा देशभरका चर्चित फुटबल क्लब र खेलाडीहरु सहभागी हुने खेल संयोजक प्रेमध्वज सारुले बताए ।


प्रतियोगिताको विजेताले २ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ३५ हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक सारुका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुसासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ ।

यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै विदेशि खेलाडिहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै विदेशि खेलाडिलाई टिममा समाबेश गराउन पाउने गरि नियम गराईएको क्लबका अध्यक्ष हरि थापा बताए ।
थापाका अनुसार भदौ २२ गते ३ बजे भब्य समारोहका बिच उदघाटन गरिने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
निरन्तर ३७ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology