हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङ्गयाउनु पर्छ : महामन्त्री कोईराला

NAWALPUR TIMES

हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङ्गयाउनु पर्छ : महामन्त्री कोईराला
received 884479882301309 scaled

कावासोती  । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङग्यानु पर्ने बताएका छ्न । शनिबार पुर्वी नवलपरासीको कावासोती-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई सम्बोधन गर्दै कोईरालाले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले धर्म सापेक्षा या निरपेक्ष नभई स्वतन्त्र हुनु पर्ने बताउदै नेपाली काङ्ग्रेस सरकार आएको बेला आफुहरुले हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउने बताए ।

कार्यक्रमलाई सम्बोधन कोइरालाले नेपाली काङ्ग्रेसको झण्डामा भएको चारतारा मध्य एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक भएको बताउदै नेपाली काङ्ग्रेस पनि धर्म स्वतन्त्रताको पक्षमा रहेको हुँदा हिन्दु राष्ट्रको विषयलाई जनमत संग्रहबाट टुङ्गायाउनु पर्ने बताए ।

शिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष तारानाथ लामिछानेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने , कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology