हरेक शनिबार बजार बन्द गर्ने नवलपुर उद्योग वाणिज्य संघको निर्णय

NAWALPUR TIMES

हरेक शनिबार बजार बन्द गर्ने नवलपुर उद्योग वाणिज्य संघको निर्णय
313061918 512507224082039 3241288360753449368 n

कावासोती । नवलपुर जिल्लामा कार्तिक १९ गते देखी साप्ताहिक रुपमा नवलपुर उद्योग बाणिज्य संघको कार्यक्षेत्र भित्रका व्यापारीक फर्महरु हरेक शनिबार बन्द हुने भएका छन ।

नवलपुर उद्योग बाणिज्य संघको आयोजनामा जिल्लाका बस्तुगत संघ सग भएको अन्तक्रिया र बैठकले आउदो कार्तिक १९ गते देखी सबै व्यापारीक फमहरु सनिबार नियमीत रुपमा बन्द गर्ने निर्णय गरेको नवलपुर उद्योग बाणिज्य संघका महासचिब सागर पोख्रेलले जानकारी दिए ।

विगतमा नवलपुर जिल्लाका बजारहरु शुक्रबार बन्द हुदै आएकोमा बस्तुगत संघ, ससमसतहरुले सनिबार बजार बन्द गर्न मौखीक र लिखीत अनुरोध गर्दै आएकोले बस्तुगत संघ, समितिहरुको मागलाई सम्वोधन गर्न गत अशोज २ गते सम्पन्न अन्तरक्रिया र कार्तिक १५ गते संघको कार्यालयमा बसेको बैठकले आउदो कातिक १९ गते सनिबार देखी बजार बन्द गर्ने, बन्दलाई एकरुपता ल्याउन स्थानिय पालिका र हाटबजार समिति सग छलफल गर्ने निर्णय गरेको महासचिब पोख्रेलले जानकारी दिए ।

आज संघको कार्यालयमा बसेको सयुक्त बैठकले बन्दलाई प्रभावकारी बनाउन बस्तुगत संघहरु, कार्य क्षेत्रका स्थानिय पालिका, बजार बिकास समितिलाई पत्रचार गर्ने, बन्दलाई बन्दलाई एकरुपता ल्याउन संघका बाणिज्य उपाध्यक्ष राजेन्द्र पाण्डे संयोजक रहेको अनुगमन समिति समेत गठन गरीएको छ । अनुगमन समितिमा नवलपुर उद्योग बाणिज्य संघ कार्यसमिति सदस्यहरु हरीकला ढकाल, शिव पोख्रेल लेखा समिति सदस्य मित्रलाल पाण्डे र बस्तुगत संघका अध्यक्ष वा प्रतिनिधि पदेन सदस्य रहने गरी अनुगमन समिति गठन गरीएको महाचिब पोख्रेलले जानकारी दिए ।

बैठक नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology