हमाल चोकमा ट्रकले ठक्कर दिएर घाईते भएका पैदल यात्रुको मृत्यु

NAWALPUR TIMES

हमाल चोकमा ट्रकले ठक्कर दिएर घाईते भएका पैदल यात्रुको मृत्यु
1622034349443

नवलपुर । देवचुली नगरपालिका–२ हमालचोकस्थित सडकमा ना. १ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology