हड्डी अडकिएर ५० वर्षीय पुरुषको मृत्यु

NAWALPUR TIMES

हड्डी अडकिएर ५० वर्षीय पुरुषको मृत्यु
60de6ce8686f2 dead.jpg1600837666

चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर १ जनाको ज्यान गएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो ।

अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology