स्व. नेता थापाको १३ औ दिनकाे पुण्य तिथिमा विवेकशील साझा नवलपुरद्वारा वृक्षारोपण तथा श्रद्धाञ्जली सभा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३० गते २१:५२
स्व. नेता थापाको १३ औ दिनकाे पुण्य तिथिमा विवेकशील साझा नवलपुरद्वारा वृक्षारोपण तथा श्रद्धाञ्जली सभा सम्पन्न
IMG 20210613 215127

अजय पौडेल
जेठ ३०- पार्टीका पुर्ब संयोजक उज्ज्वल थापाको १३ औं दिनको पुन्यतिथिमा विवेकशील साझा पार्टी नवलपुरले वृक्षारोपण गरेको छ । नेपालमा वैकल्पिक राजनितिका सुरुवात गरेका विवेकशील साझा पार्टीका पुर्व संयाेजक तत्कालिन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष स्व : उज्वल थापाकाे १३ औ दिनकाे पुण्य तिथिमा विवेकशील साझा पार्टी नवलपुरले देवचुली नगरपालिका वार्ड न: १ केउरानि स्थित नारायणी दिव्यधाम मन्दिर परिसर नारायणि नदि किनारमा उज्वल चाैतारी निर्माण गरिने विवेकशिल साझा पार्टी नवलपुरका संयोजक राम प्रसाद शर्माले बताउनुभयो ।

चौतारीमा निर्माणको लागि वैदिक विधि पुर्वक पिपल,वर र समीकाे बृक्षाराेपण सहित श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुले स्व. थापाले देखाएको बाटोमा आफुहरु हिड्ने र उहाँको सपना पूरा गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गर्नुभयो । स्व. थापाले देखाएको बाटोमा हिड्ने र उहाँको सपना पुरागरे मात्रै स्व. थापाप्रती सच्चा श्रद्धाञ्जली हुने संयोजक शर्माले बताउनुभयो ।

श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्य हरि प्रसाद गौतम ,गण्डकी प्रदेश सदस्यद्वय राज कुमार क्षेत्री र तुलमणी पौडेल ,देवचुली नगर संयोजक तथा जिल्ला समिती सदस्य प्रेम भट्टराई ,जिल्ला समितिका सदस्य लगायत शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

प्रकाशित : २०७८ जेठ ३० गते २१:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI