स्वास्थ्य सूचकको आधारमा बुलिङटार गाउँपालिका गण्डकीमा सर्वोकृष्ट

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १० गते १८:३४
स्वास्थ्य सूचकको आधारमा बुलिङटार गाउँपालिका गण्डकीमा सर्वोकृष्ट
Messenger creation EE2AF2C0 3B07 49F4 AF3C 083690B305B7

तिर्थराज डुम्रे, कावासोती । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिका स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेशको सर्वोकृष्ट स्थानीय तह बन्न सफल भएको छ ।

गण्डकी प्रदेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८०-०८१ मा खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३१ वटा सूचकहरुमा आधारित रहेर गरेको मुल्यांकनमा प्रदेश भित्रका स्थानीय तहहरुमा बुलिङटार गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

 

बिहिबार गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पोखरामा आयोजित एक कार्यक्रममा गाउँपालिकालाई सम्मान–पत्रद्वारा सम्मानित गरेका हुन । प्रदेश स्तरीय समीक्षा गोष्ठी कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले सम्मान–पत्र ग्रहण गरेका हुन ।

सम्मान–पत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्ष सुनारीले भूगोलको दृष्टिकोणले दुर्गम स्थानमा रहेको भएतापनि स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले प्राप्त गरेको सफलता गौरवको विषय भएको बताए । स्थानीय सरकारले तय गरेको “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” को एउटा महत्वपूर्ण आधारशीलाको रुपमा स्वास्थ्य क्षेत्रमा भएको सुधार रहेको सुनारीले बताएका थिए ।

गाउँपालिकाको स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य ईकाइमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको लगनशीता र जनउत्तरदायी कार्यको प्रतिफलको रुपमा प्राप्त उपलब्धीलाई आफुले हरेको सुनारीले बताए ।

नवलपरासी पूर्वको पहाडी क्षेत्रमा रहेको बुलिङटार गाउँपालिकाको समग्र बिकास लागि सबै पक्षसंगको समान बुझाई र समझदारीका साथ अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष सुनारीले बताए ।

सम्मान कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, प्रशासन शाखा प्रमुख सिताराम खनाल समेत सहभागी थिए ।

प्रकाशित : २०८१ असोज १० गते १८:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI