स्वास्थ्य सामाग्री वितरणमा आमा समुहको सक्रियता

NAWALPUR TIMES

स्वास्थ्य सामाग्री वितरणमा आमा समुहको सक्रियता
received 1206652869783007 scaled

अर्जुन कंडेल/अमरापुरी ।  अमरापुरिमा कोभिड-१९ न्यूनीकरण सम्बन्धि सचेतना र स्वास्थ सामाग्री वितरणमा महिला समुहहरुको सक्रियता बढेको छ। आफ्नो क्षेत्रलाइ आफैमिली सुरक्षीत राख्नुपर्छ भन्ने उद्देश्यले महिला समुहहरु सक्रिय भएका हुन। यसै अन्तर्गत शनिबार गैडाकोट-१७, अमर ज्योती टोलमा पनि कोभिड-१९ न्यूनीकरण रिस्पोन्स टिम गैडाकोट१४-१७, अमरापुरिको सहजिकरणमा अमर आमा समूहले स्वास्थ्य सामाग्री वितरण गरेको छ। आफ्नो क्षेत्रभित्रका १२५ घरधुरीलाई ४०,००० बराबरको सर्जिकल माक्स र सेनिटाइजर वितरण गरिएको सस्थाका अध्यक्ष यमकला उपाध्यायले जानकारी दिनुभयो।

कोभिड-१९ को अवस्था हेरि संस्थाका पदाधिकारीहरुको सल्लाहमा पुन: अन्य कार्यक्रम गर्ने तयारी रहेको संस्थाका उपाध्यक्ष द्रौपदी कंडेल ले जानकारी दिनुभयो। भैपरी आउदा उपयोग गर्न सस्थाले पल्स अक्सिमिटर, फेस सिल्ड लगाएतका स्वास्थ्य सामाग्री समेत खरिद गरि राखेको छ। महिला समुहहरुको यस प्रकारको सक्रियताले समाजमा सकारात्मक उर्दा पैदा भएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology