स्वास्थ्य मन्त्रालयमा खटिएका विश्व स्वास्थ्य संगठनका चिकित्सकलाई देखियो कोरोना

NAWALPUR TIMES

स्वास्थ्य मन्त्रालयमा खटिएका विश्व स्वास्थ्य संगठनका चिकित्सकलाई देखियो कोरोना
received 402035130687189 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटिएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक जना चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग नजिक रहेर काम गरेका एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पुष्टि गरे।

ती चिकित्सकमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा पुगेका मन्त्रालयका अन्य स्वास्थ्यकर्मी पनि क्वारेन्टिनमा बसेका छन्।

प्रवक्ता गौतमले भने, ‘चार-पाँच जना क्वारेन्टिनमा हुनुहुन्छ भन्ने जानकारीमा आएको छ। थप विवरण लिने काम भइरहेको छ।’

संक्रमित चिकित्सकलाई भने विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नै व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। साथै उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्ने तयारी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology