स्वास्थ्यलाई असर गर्ने यी स्यानिटाइजरको प्रयोग नगर्न सरकारको आग्रह (सूचीसहित)

NAWALPUR TIMES

काठमाडौं, असोज १२ । विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषाक्त रसायन मिसाइएको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ।

सोमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्रीरवितरण नगर्नरनगराउन निर्देशन दिएको छ।

जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन्। यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर प्रयोग नर्गन विभागले अनुरोध गरेको छ।


थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology