स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्न मुख्यमन्त्री नेपालीको आग्रह

NAWALPUR TIMES

स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्न मुख्यमन्त्री नेपालीको आग्रह
Krishna Chandra nepali 20210612141259

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगतले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको २१ औं स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उनले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राखे।‘सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमीकमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरूले स्वस्थ आलोचनामार्फत् हामीलाई खबरदारी गर्नुस्’, मुख्यमन्त्री पोखरेलले भने।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पुर्‍याएको योगदानको स्मरण र सम्मान गरे। मुख्यमन्त्री पोखरेलले महासंघको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले तीनै तहका सरकार र महासंघ एकअर्काका परिपूरक भएर कार्य गर्नुपर्ने बताए।-रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology