स्रोत नखुलेको साढे १६ लाख सहित एक पक्राउ

NAWALPUR TIMES

स्रोत नखुलेको साढे १६ लाख सहित एक पक्राउ
pakrau2020 12 06 07 39 32

रुपन्देहीमा स्रोत नखुलेको १६ लाख ५० हजारसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  सिद्धार्थनगर नगरपालिका– १३ शान्तिनगरमा   प्रहरीको नियमित जाँचको क्रममा अवैध रकमसहित एकजना पक्राउ परेका हुन् ।

शान्तिनगरबाट भैरहवा बसपार्क तर्फ जाँदै गरेको लु.३९प ४४५७ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा सिद्धार्थनगर नगरपालिका ६ बस्ने २१ वर्षीय श्यामकुमार बानियाँसँग अवैध रकम भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार बानियाँले पछाडि बोकेको कालो झोलाको मुख्य खल्तीमा एक हजार दरको र पाँच सय दरको नोट गरी ११ लाख पचास हजार भेटिएको थियो ।

त्यस्तै सोही झोलाको बाहिरी खल्तीमा एक हजार दरको एक लाख रुपैयाँ र निजले लगाएको पाइन्टको खल्तीमा एक हजार दरको चार लाख रकम फेला परेको थियो । प्रहरीले सोधपुछ गर्दा बानियाँले उक्त रकमको आय स्राेत खुलाउन नसकेकोले नगद रकम र उनले चढी आएको लु.३९प ४४५७ नम्बरको स्कुटर र उनको मोबाइलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology