स्याङ्जामा जीप दुर्घटना , ७ जनाको मृत्यु

NAWALPUR TIMES

स्याङ्जामा जीप दुर्घटना , ७ जनाको मृत्यु
accident sPuNXpyuua 1

स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए ।

२ जनालाई उपचारका लागि पाेखरा रिफर गरिएकाे छ भने थप ४ जनाकाे वालिङ प्राथमिक स्वास्थ्य चाैकी, स्याङ्जामै उपचार भइरहेकाे छ ।

उनीहरूलाई पनि पाेखरा रिफर गर्ने तयारी भइरहेकाे प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए । थप विवरण भने आउन बाँकी छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology