स्याङजामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

NAWALPUR TIMES

स्याङजामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु
295847172ambulance accident

काठमाडौं– स्याङजाको वालिङ नगरपालिकामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। काठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका ५ स्थित चापाकोट जाने सडकमा दुर्घटना भएको हो। दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्।

काठमाडौंमा बिरामी छोडेर चापाकोटका २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्कने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा चापाकोट— १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरु दुबैको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

घाइते भएका ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेल छन्। उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology