स्पेनको एनआरएनए मा महिला उपाध्यक्षतर्फ सृजना लामिछानेको उम्मेदवारी

NAWALPUR TIMES

स्पेनको एनआरएनए मा महिला उपाध्यक्षतर्फ सृजना लामिछानेको उम्मेदवारी
203992784 834019604219989 9119001391834475634 n

गैर आवसीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद स्पेन सातौँ राष्ट्रीय अधिवेशन यहि जुलाइ २६ मा हुनगैरहेको छ । महिलातर्फको उपाध्ययक्ष पदमा लामो समय स्पेन बसेर व्यवसाय गरिरहनु भएकि सृजना लामिछानेले आफ्नो उम्मेदवारी पेश गर्नु भएको छ । आफ्नो घोषणा पत्रमा उहाँले

प्रवासमा रहेर हामी आआफ्ना उद्देश्य पुरा गर्न लागि रहेकै समयमा पनि नेपालमा परेको दुःख सुखमा हातेमालो गर्न, हाम्रो कला संस्कृतिलाई जिवित राख्न तथा प्रवासी नेपालीका समस्याको सामुहिक समाधान गर्न एनआरएनएको विश्व सञ्जालमा जोडिएर अगाडि बढ्ने उद्देश्यले रहेको बताउनु भएको छ ।

लामिछाने करिब १५ बर्षदेखि स्पेनको कोस्टाब्लान्का क्षेत्रमा रहदै आउनु भएको छ। उहाँ सन् २००७ मा  भ्यालेन्सियामा गैर आवासीय नेपाली संघ, स्पेनको समिती गठन हुँदा म सदस्यमा चयन हुनुभएको थियो  । एनआरएनए स्पेनको संस्थापक सदस्य रहनु भएको उहांले यसपटक भने संस्थाको उपाध्यक्ष भएर स्पेनबासी नेपालीको पक्षमा काम गर्ने मन रहेको बताउनु भयो ।

उहाँको थप घोषणा पत्रमा भन्नुभएको छ “महिला उपाध्यक्षमा तपाईहरुको विश्वास पाए भने मैले यसको नेतृत्व गरी एनआरएनए र स्पेनवासी नेपाली र विशेष गरी यहाँका हामी महिला दिदीबहिनीहरुको बीचमा एउटा पुलको काम गर्ने छु । महिला फोरमसँग सहकार्य गर्दै हामी आफ्ना योजनाहरु अगाडी बढाउने छौ । स्पेनको सन्दर्भमा धेरै महिलाहरु पारिवारिक पुर्नमिलन भिषामा आउनुभएको र नयाँ पुस्ताको समेत आगमन भैरहेकोले उहाँहरुसँवैलाई यहाँको समुदायसँग घुलमिल गराउन सहयोग पुग्ने खालको कार्यक्रमको योजना मैले ल्याउने छु ।”

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology