स्थायी कमिटी बैठकमा ओलीको पत्र : प्रचण्डको प्रस्तावमा छ्लफल हुदैन ( पत्र सहित)

NAWALPUR TIMES

स्थायी कमिटी बैठकमा ओलीको पत्र : प्रचण्डको प्रस्तावमा छ्लफल हुदैन ( पत्र सहित)
1607242914.nekapa thai committe

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको ‘अभियोग पत्र’मा छलफल नगर्ने अडान पुनः लिएका छन्।

धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको नेकपाको स्थायी कमिटी बैठकलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले प्रचण्डको ‘अभियोग पत्र’ छलफलको अजेन्डा नहुने भन्दै फिर्ता लिनुपर्ने अडान पुनः दोहोर्‍याएका हुन्।

“प्रधानमन्त्रीज्यू आजको बैठकमा नआए पनिउहाँले स्थायी कमिटी बैठकलाई पत्र लेख्दै प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने भएकाले आउन नसकेको जनाउनुभएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “उहाँ पूर्ववत् मान्यता र अडानमा कायम हुनुहुन्छ भन्ने पत्रले नै देखाएको छ।”

यद्यपि गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको ‘अभियोग पत्र’ र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले मंसिर १३ गते फर्काएको ‘प्रत्युत्तर पत्र’ भने अध्ययनका लागि भन्दै स्थायी कमिटीका सदस्यलाई वितरण गरिएको श्रेष्ठले जानकारी दिएका छन्।

प्रधानमन्त्रीले स्थायी कमिटी बैठकलाई पठाएको पत्रलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले वाचन गरेर सुनाएका थिए, प्रधानमन्त्रीको पत्रमा दुवै प्रस्ताव छलफलको अजेन्डा नबनाई सहमतिको आधारमा एकल दस्तावेज बनाउनुपर्ने प्रस्ताव ओलीले बैठकसमक्ष राखेका छन्।

आजको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै धारणा राखेको जनाउँदै प्रवक्ता श्रेष्ठले अगाडि भने, “पार्टीभित्र देखा परेका तमाम समस्या र सो समस्या निवारणका लागि चालिनुपर्ने कदमका बारेमा प्रचण्डजीले स्थायी कमिटी सदस्यका माझमा ब्रिफिङ गर्नुभएको छ।”

उनका अनुसार आन्तरिक गृहकार्य गर्नका लागि तथा अनौपचारिक संवाद खोज्नका लागि भन्दै बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको छ। उनका अनुसार मंसिर २५ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पुस ५ सम्म सारिएको छ भने आजको बैठकले एक मात्र कार्यसूचीको रूपमा ‘पार्टीको आन्तरिक समस्याका बारेमा’ तय गरेको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको ‘अभियोग पत्र’मा छलफल नगर्ने अडान पुनः लिएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology