स्थानीय तहले प्रतिबद्धता जनाएको रकम उपलब्ध नगराए गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड नवलपुरमा नहुने

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २२ गते १८:३४
स्थानीय तहले प्रतिबद्धता जनाएको रकम उपलब्ध नगराए गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड नवलपुरमा नहुने
viber image 2024 01 07 15 39 16 760 780x470 1

कावासोती । स्थानीय तहले प्रतिबद्धता अनुसारको रकम उपलब्ध नगराए राष्ट्रपति रनिङ्ग शिल्ड नवलपुरमा नहुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले नवलपुरका विभिन्न ८ वटा पालिकाहरुबाट प्रतिवद्धता भएको रकम ३० लाख माघ १५ गते सम्म जिल्ला खेलकुद विकास समिति नवलपुरको खातामा जम्मा नगरिए प्रतियोगिता कास्की जिल्ला गर्ने निर्णय गरेको हो ।

आईतबार सम्पन्न बैठकको निर्णयमा भनिएको छ–“पालिकाहरुबाट प्रतिवद्धता भएको रकम उपलव्ध गराउन जिल्ला समन्वय समिति नवलपुरलाई आग्रह गर्ने तथा सहयोग रकम उपलब्ध हुनासाथ खेल मैदानहरुको मर्मत सुधार, यातयात तथा होटल ब्यवस्थापनको सम्पूर्ण जिल्ला खेलकुद विकास समिति नवलपुरलाई जिम्मेवारी प्रदान गरिने छ ।”

गत मंसिर ४ गते जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा बसेको स्थानीय तहका प्रमुख सहितको बैठकले प्रतियोगिता सन्चालन गर्न जिल्लाका स्थानीय तह मध्य ४ वटा नगरपालिकाले ५/५ लाख, विनयी त्रिवेणी र हुप्सेकोटले ३/३ लाख र बुलिङ्गटार र बौदीकालीले २/२ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसै गरि बैठकले प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सार्ने निर्णय गरेको सदस्य सचिव शर्माले जानकारी दिए । “हामीले पौष १५ गते सम्म जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएका थियौं” सदस्य सचिव शर्माले भने–“बाग्लुङ, म्याग्दी, लमजुङ, र पर्वतमा समयमा प्रतियोगिता हुन सकेन । त्यसैका कारण हामीले फागुनमा गर्ने निधो गरेका छौं ।” आईतबारको निर्णय अनुसार प्रतियोगिता आगामी फागुन १० देखि १२ गते सम्म सन्चालन हुने छ ।

 

प्रकाशित : २०८० पुष २२ गते १८:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI