स्थानीय तहका कर्मचारीको आन्दाेलनको करार सेवा तथा ज्यालादारी कर्मचारीहरुकै असहमति र विरोध

NAWALPUR TIMES

स्थानीय तहका कर्मचारीको आन्दाेलनको करार सेवा तथा ज्यालादारी कर्मचारीहरुकै असहमति र विरोध
received 303441415655425

कावासोती । विभिन्न क्षेत्रमा आन्दाेलन चलि रहदा आन्दाेलनमा मद्दत पुर्याउन विभिन्न क्षेत्रबाट ऐक्यवद्धता जनाउदै आउने गरेको पाईन्छ । तर कावासाेति नगरपालिकामा भने फरक भेटिएकाेछ ।

मंगलबार कावासाेति नगरपालिकाका करार सेवा तथा ज्यालादारी सेवाका कर्मचारीहरुले नै आन्दाेलनकाे विराेध गर्दै नगर प्रमुख बिष्णु प्रसाद भुसाललाई कर्मचारीकाे आन्दाेलनकाे विराेध गर्दै सेवाग्राहीले असुविधा पाएकाे भन्दै आफुहरु नियमित कार्यमा लागिरहने प्रतिवद्धता समेत जनाए ।कावासाेति नगरपालिका नगर प्रमुख भुसाललाई बुझाईएकाे ध्यानाकर्षण पत्रमा भनिएकाेछ, “नगरपालिका तथा मातहतका कार्यालयमा सम्पूर्ण कार्यरत कर्मचारीहरु आन्दोलनरत रहेको कुरामा खेद प्रकट गर्दछौ ।”

ध्यानाकर्षण पत्रमा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु आन्दोलनरत रहेको भानहुने गरि भ्रम सिर्जना गरिएको भन्दै कावासोती नगरपालिका तथा मातहतका कार्यालयहरुमा सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएकाेछ ।

ध्यानाकर्षण पत्र मार्फत कावासोती नगरपालिकामा सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुको यस आन्दोलनमा कुनै पनि रुपमा सहभागिता नरहेको जनाईएकाे छ ।

साथै, सेवाग्राही र सम्पूर्ण नागरिकप्रति जिम्मेवार रहेका करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुबाट प्रदान गरिने सेवाहरु नियमित रुपमा सेवा प्रवाह भईरहेको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology