स्थानिय तहको निर्वाचन : नवलपुरमा १ हजार ५ सय ८६ जनाको उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १३ गते १४:२०
स्थानिय तहको निर्वाचन : नवलपुरमा १ हजार ५ सय ८६ जनाको उम्मेदवारी
local election

नवलपुर । स्थानीय तहको आगामी चुनावका लागि नवलपुरमा १ हजार ५ सय ८६ जनाको उमेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीका अनुसार प्रमुख पदमा ४० जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २४ जनाको उमेदवारी परेको छ ।

त्यसैगरी उपप्रमुख पदमा २८ जनाको उमेदवारी परेको छ भने उपाध्यक्षमा १९ जनाको मनोनयन दर्ता भएको छ ।

त्यसैगरी वडाध्यक्ष पदका लागि ३सय ५७, महिला सदस्यमा २ सय ६८, दलित महिला सदस्यमा २ सय ३२ र सदस्यमा ६ सय १८ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो ।

नवलपुरको आठ वटा स्थानीय तहमा जम्मा ४ सय ७६ जना निर्वाचित हुनेछन् ।

 

प्रकाशित : २०७९ वैशाख १३ गते १४:२०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI