स्थानान्तरण गरी ल्याइएका कृष्णसारको संख्या बढ्दै

NAWALPUR TIMES

स्थानान्तरण गरी ल्याइएका कृष्णसारको संख्या बढ्दै
1599299028.Krishna shar2

कैलाली। उपयुक्त वासस्थान, पर्याप्त घाँसे मैदान र उचित हेरचाहका कारण शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा स्थानान्तरण गरी ल्याइएका कृष्णसारको वृद्धि हुँदै गएको  छ।

 

नेपालगन्ज र ललितपुरको चिडियाखानाबाट ४२ ओटा कृष्णसारलाई स्थानान्तरण गरि कंचनपुर ल्याइएकोमा अहिले वृद्धि भई ११३ पुगेको छ।

 

लोपोन्मुख अवस्थामा पुगेका कृष्णसारको संरक्षण गर्न आरक्ष कार्यलयले नेपालगन्ज नगरपालिकाको स्वामित्वमा रहेको चिडियाखाना र ललितपुरको जावलाखेल चिडियाखानाबाट ६ वर्ष अघि कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो।

 

“२०६९ साल असोजमा नेपालगन्जबाट र  ललितपुरको सदर चिडियाखानाबाट २०७२ वैशाखमा कृष्णसार स्थानान्तरण गरिएको हो,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले भने, “नेपालका लागि दुर्लभ मानिएको कृष्णसार अहिले बर्दिया र कञ्चनपुरमा मात्रै छ।”

 

कञ्चनपुरको शुक्लाफांटाको हिरापुरमा १७ हेक्टरमा स्थानान्तरण गरिएको कृष्णसारलाई अहिले ५८ हेक्टर क्षेत्रफलमा संरक्षण गरेर राखिएको बताउँदै संरक्षण अधिकृत पौडेलले सङ्ख्यामा वृद्धि हुदै गएमा कृष्णसारलाई सुहाउँदो परिबेसमा अन्य ठाउँमा पनि स्थानान्तरण गर्ने योजना रहेको बताए।

 

कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृत्रिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology