सुर्यभक्तको परिवारले मात्रै त्याग गर्न पर्छ भन्ने छैन, मेयरमा मेरो उम्मेदवारी रहन्छ : अधिकारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ४ गते १९:५५
सुर्यभक्तको परिवारले मात्रै त्याग गर्न पर्छ भन्ने छैन,  मेयरमा मेरो उम्मेदवारी रहन्छ : अधिकारी
IMG 20220318 195038

कावासोती । नेपाली कांग्रेस नवलपुरका महासमिति सदस्य मदन भक्त अधिकारीले आगामी स्थानीय तहको निर्वाचनमा गैंडाकोट नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिने बताएका छ्न ।

नवलपुर टाईम्स सँगको विषेश कुराकानीमा नेता अधिकारीले यस्तो बताएका हुन । “पटक पटक पार्टी भित्रको राजनीतिमा सहभागी भएर सफल भए, यसपटक मेरो पिताजी सुर्यभक्त अधिकारीको सपना पूरा गर्नका लागि म जनता माझ जाँदैछु, नगर प्रमुखमा मेरो उम्मेदवारी रहन्छ,” अधिकारीले भने । “मैले हरेक निर्वाचनमा पार्टीलाई जिताउन केही कसर बाकी राखिन, यस पटक पहिलो पटक गैंडाकोटको मेयर मागेको छु, आशा छ पार्टीले टिकट दिनेछ”, अधिकारीले बताए ।

पन्चायत शासन काल देखि नवलपुरको मात्रै होईन देशभरका कांग्रेसको भरणपोषण गरेको गैंडाकोटको अधिकारी परिवारले गैंडाकोटको नगर प्रमुखमा दाबी गरिरहदा आफुले टिकट पाउने कुरामा नेता मदनभक्त अधिकारी ढुक्क देखिन्छ्न । “गैंडाकोटको नगर प्रमुखमा आँकाक्षा धेरैको होला, मदनभक्त नहुन पर्ने के छ, सधै सुर्यभक्तको परिवारले मात्रै त्याग गर्न पर्छ भन्ने छैन, पार्टी भित्र संघर्ष गर्न परे गर्छु तर मेयर को उम्मेदवारीबाट पछाडी हटदिन,” अधिकारीले बताए ।

केन्द्रिय सभापति शेरबहादुर देउवा, पुर्व महामन्त्री एवं कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य डा.शशांक कोइराला , जिल्ला सभापति महेन्द्र ध्वज जिसी सहितका नेताहरुनै आफ्नो उम्मेदवारीको प्रस्तावक हुने अधिकारीले दाबी गरे । “यस पटक गैंडाकोटमा मेरै पालो हो, सधै मैले त्याग्न पर्छ भन्ने छैन, पार्टीका सिनियर नेताहरुले पक्कै सहयोग गर्नु हुनेछ”, अधिकारीले भने ।

आफुले टिकट पाए गैंडाकोटको नगर प्रमुखमा निर्वाचित हुने पक्कापक्की भएको दाबी गर्दै नेता अधिकारीले आफुले टिकट पाए गैंडाकोटको नगर प्रमुखमा निर्वाचित हुने पक्कापक्की भएको दाबी गर्दै  आफ्ना पिता सुर्यभक्त अधिकारीले आम सर्वसाधारणका लागि देखेको सपना पूरा गर्ने र गैंडाकोटलाई सम्मुनत र समृद्ध नगर बनाउने समेत दाबी गरेका छ्न ।

प्रकाशित : २०७८ चैत ४ गते १९:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI