सुर्ती सेवनबाट वर्षमा १९ हजार नेपालीकाे मृत्यु, सुर्तीजन्य रोगको उपचारमा ४० अर्ब खर्च

NAWALPUR TIMES

सुर्ती सेवनबाट वर्षमा १९ हजार नेपालीकाे मृत्यु, सुर्तीजन्य रोगको उपचारमा ४० अर्ब खर्च
1559380412fd

काठमाडौं, २५ माघ । तथ्यांकअनुसार विश्वमा १ करोड ८१ लाख नयाँ क्यान्सरका रोगीहरू रहेको मानिएको छ । तीमध्ये वार्षिक ९६ लाखको मृत्यु हुने गर्दछ । नेपालमा क्यान्सर रोगीको तथ्यांक ६० हजारको हाराहारीमा रहेको छ । त्यसमा प्रत्येक वर्ष करिब २६ हजार थपिने गर्दछन् । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले हरेक ६ मृत्युमध्ये १ मृत्यु क्यान्सरबाट हुने बताउँछ । बालबालिकामा विश्वमा झन्डै ९० प्रतिशत क्यान्सर निको हुने भए पनि नेपालमा कान्ति अस्पतालमा ७० प्रतिशतसम्म मात्र निको भएको देखिएको छ । वार्षिक १ हजार ५ सय बालबालिकामा क्यान्सर हुने गरे पनि उपचारको पहुँचमा ४ सय मात्र छन् ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब बढी खर्च र कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ । अध्ययनमा प्रमुख रोगमा क्यान्सर र श्वासप्रश्वाससम्बन्धी छ । क्यान्सर उपचारमै १६ प्रतिशत बिरामीले जायजेथा गुमाउन परेको र उपचार खर्चमा वार्षिक औसत आम्दानीभन्दा ५ गुणा बढी देखाएको छ । क्यान्सर उपचारमा ८६ प्रतिशतले आर्थिक कठिनाइ भोग्न बाध्य छन् भने १४ प्रतिशत ऋण लिन बाध्य छन् । सरदर साढे ३ लाख बढी खर्च उठने गर्छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब अर्थात् कुल गार्हस्थ्यय उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ

विश्वको ठिक उल्टो नेपालमा पुरुषभन्दा महिलामा बढी क्यान्सर भएको एक अध्ययनले देखाएको छ । क्यान्सरसम्बन्धी उपचार हुने ८ अस्पतालमा सन् २००३ देखि २०१२ सम्ममा उपचार भएका ५६ हजार १३ जनाको अध्ययनबाट उक्त निष्कर्ष निकालिएको हो । कुल बिरामीमध्ये ५३.४ प्रतिशत महिला र ४६.६ प्रतिशत पुरुष थिए । अधिकांश महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर पाइएकोमा पाठेघरको मुखको क्यान्सर भएकामा कम उमेरमा बिहे, धेरै सन्तान जन्माउने र अत्यधिक धुम्रपान सेवन गर्ने थिए । चिल्लो तथा जंकफुड धेरै खाने सहरीया महिलामा स्तन क्यान्सर देखिएको थियो । पुरुषमा भने सुर्तीजन्य पदार्थ सेवनका कारण फोक्सोको क्यान्सर प्रमुख देखिएको छ भने अन्य क्यान्सरमा मुखको, घाटीको, मिर्गाैलाको, पिसाब थैलीको देखिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology