सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि
Untitled 1

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि 2

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो। यसअघि सुर्खेतका बराहतालमा २ र चौकुनेमा १ जनामा संक्रमण पुष्टि भइसकेकाे छ। 

याेसँगै कर्णाली प्रदेशमा संक्रमितकाे कूल संख्या २३ पुगेको छ। नेपालखबरबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology