सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल

NAWALPUR TIMES

सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
Nepali U19 Women Cover

कावासोती । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले ‘सुपर–४’ चरणको आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले ‘सुपर–४’ चरणको आफ्नो पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ ।

खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा नेपाल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । नेपाली टोली समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गरेको हो । भारत समूह ‘बी’ को विजेता बन्दै ‘सुपर–४’ चरणमा पुगेको थियो ।

समूह ‘बी’ मा तेस्रो टोलीका रूपमा पाकिस्तान रहेको थियो । पाकिस्तान भने समूहगत चरणबाटै बाहिरियो । पाकिस्तानी टोली आफूले खेलेको दुवै खेलमा पराजित भयो । पाकिस्तानी टोली आफ्नो पहिलो खेलमा भारतसँग नौ विकेटले र दोस्रो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

समूहगत चरणमा नेपाल र भारतबिचको खेल भने प्रतिकुल मौसमका कारण बिचमै स्थगित भएको थियो । त्यसपछि खेल अगाडि बढ्न सकेन र दुवै टोलीले एक–एक अङ्क बाँडेका थिए । नेपाल र भारत दुवैले तीन–तीन अङ्क बटुले । तर, नेट रन रेटमा नेपालभन्दा भारत अगाडि रहेको थियो ।

समूह ‘ए’ बाट भने चार अंकसहित बंगलादेश पहिलो र दुई अंकसहित श्रीलङ्का दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुग्न सफल भए । उक्त समूहमा रहेको तेस्रो टोली आयोजक मलेसिया भने दुवै खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो ।

प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्ने प्रावधान रहेको थियो । ‘सुपर–४’ चरणमा चारवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् । ‘सुपर–४’ चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

‘सुपर–४’ चरणको पहिलो खेल बिहीबार नै भारत र बङ्गलादेशबिच हुँदैछ । ‘सुपर–४’ चरणमा शुक्रबार नेपाल र बंगलादेश तथा भारत र श्रीलङ्काबिच खेल हुनेछ । त्यसपछि तालिकाको माथिल्ला दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल आगामी आइतबार खेलिने छ ।

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो ९कप्तान०, सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन्

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology