सुनवलको स्वाँठीमा युवाहरुको सक्रियतामा खाद्यान्न बैंक सन्चालन

NAWALPUR TIMES

सुनवलको स्वाँठीमा युवाहरुको सक्रियतामा  खाद्यान्न  बैंक सन्चालन
received 408641986780619

भदौ ११/नवलपरासी

कोरोना संक्रमणको महामारी बढ्दै गएपछी बिगत ४ महिनाको लकडाउनले थलिएको जनजिवन फेरि निषेध आज्ञाका कारण थप प्रभाबित भएको छ।

लकडाउन र निषेधाज्ञाबाट प्रभावित समुदायका लागी सुनवल नगरपालिका वडा न ९, स्वाठीका युवाहरुले सामाजिक सन्जालको ग्रुप स्वाठी युथ सर्कल मार्फत अभियान चलाई बिपन्न र जनजिवन प्रभाबित भएका समुदायका लागि राहत स्वरुप ” हुनेले दियर जानुहोस, नहुनेले लिएर जानुहोस” भन्ने नाराका साथ स्वाठीमा खाद्यान्न बैंक सन्चालनमा गरेका छन।

युवाहरुले महामारीका समयमा समुदाय प्रती आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालन गरेको र निषेधआज्ञा जारी रहदा सम्म यो अभियान चलिराख्ने जनाउदै सहयोग गर्न चहाने महानुभावहरुले ९८२१४५५५५२ सम्पर्क गरि सहयोग गर्न सक्ने कुरा यसै अभियानका अगुवा अभियान्ता निर्दोष बस्यालले बताए।

बिहिवारमात्रै खाद्यान्न बैंकबाट प्रत्क्षयरुपमा २५ घरधुरी लाभान्वित भएका छन। यस अभियानलाई सन्चालन गर्ने युवा अभियान्ताहरु निर्दोष बस्याल, मिलन बुढाथोकी, शिवलाल भट्टराई, शंकर नाउ, अमन अग्रहरी,प्रभु पासी, सुशील ज्ञावाली, समीर खान हुन।

यस परोपकारी अभियानलाई खाध्यान सामाग्री सहयोग गर्ने दाताहरु अङ्गद प्रसाद कामी, मनोहर कुवर, शिवराम खनाल,शंकर नाउ, मन्नु प्रसाद शर्मा, रामचन्द्र सापकोटा, लोक बहादुर बुढाथोकीलाई धन्यबाद ज्ञापन गर्दै करिब १२००० बराबरको खाध्यान्न संकलन र बितरण भएको र निरन्तर रुपमा यो अभियान चलिरहने जानकारी गराईएको छ ।

यस अभियानमा सहभागी हुनका लागि सामाजिक सन्जाल फेसबूक मार्फत स्वाठी युथ सर्कलको फेसबूक पेज लाइक गरि जुट्न सकिने भन्दै पुण्य कार्यमा हात बढाउनका लागि अभियान्ता निर्दोष बस्यालले युवा साथिहरुलाई आव्हान गरेका छ्न ।

खाद्यान्न बैंक स्थापना कार्यक्रममा सेनिटाईजर र मास्क सहयोग कृष्ण मेडिकल हल र सापकोटा मेडिकल हलले गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology