सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति

NAWALPUR TIMES

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति
1678497157 mun lai 1200x560 1

सी जिनपिङ तेस्रो पटक चीनका राष्ट्रपति चुनिएका छन्। उनले आफूप्रति बफादार ‘रबरस्टाम्प’ संसद्बाट शुक्रबार ऐतिहासिक रूपमा राष्ट्रपतिको तेस्रो कार्यकाल सुनिश्चित गरेका हुन्।

नयाँ कार्यकालको सुरुवात र शक्ति सञ्चयसँगै ६९ वर्षीय सी चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन्। यसअघि नै राष्ट्रपति पदमा उनले तेस्रो कार्यकाल सम्हाल्ने अपेक्षा व्यक्त गरेका थिए। उनले केही दिनमा आफूप्रति बफादार नयाँ प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति गर्ने बताइएको छ। शून्य कोभिड नीतिको जनस्तरमा व्यापक विरोधपछि राष्ट्रपति सीले उक्त प्रावधान हटाएका थिए।

चीनमा जन्मदर लगातार घट्दा आर्थिक चुनौती बढेको छ। यसैगरी अमेरिकी आकाशमा बेलुन उडाएर जासुसी गरेको घटनाका कारण अमेरिका र चीनबीचको सम्बन्ध पनि पछिल्ला दिनमा बिग्रेको छ। माओत्से तुङपछि चीनमा नेताहरूले दुई कार्यकालसम्म पदमा रहने सीमा तोकिएको थियो। तर सन् २०१८ मा उनले उक्त व्यवस्थालाई परिवर्तन गरेपछि सी माओपछिका प्रभावशाली नेताका रूपमा देखिएका छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology