सिभिल प्रहरीको घेरामा छु : डाक्टर केसि

NAWALPUR TIMES

सिभिल प्रहरीको घेरामा छु : डाक्टर केसि
FB IMG 15986998915598286

डा. गोविन्द केसी यतिखेर जुम्लामा छन्।

झन्डै दुई महिनादेखि कर्णालीमा रहेका उनी विपन्न नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्न आइपुगेका थिए।

केहिदिन यता प्रशासन तथा स्थानीय निकायको अवरोध र घेरावन्दीमा रहेको बताउँदै उनले सरकारले नागरिक अधिकारको हनन गरेको बताएका छन्।

उनि भन्छन्, ‘म यहाँ स्वास्थ्य उपचारको लागि आएको थिए। पहिले बर्दीवाला प्रहरीले नै मलाई घेरावन्दी गरे। अहिले उनिहरू बर्दी हटाएर सिभिलमा आएका छन्।’

जुम्लाको रोयल गार्डेन होटलमा बसिरहेका उनलाई होटल बाहिर निस्कनासाथ प्रहरीले पछ्याउने गर्छ।

उनले भने, ‘स्वास्थ्यचौकीमा गएर काम गरु कि भन्ने लागेको थियो। सिभिल प्रहरीहरूले पछ्याएर हैरान पारिसके। नागरिकको स्वास्थ्य अवस्थामा सघाउँ पु-याउन यहाँ आएको मलाई निगरानीमा राख्दै मेरो काममा अवरोध पु-याइएको छ। सरासर हेर्दा पनि एउटा नागरिकको अधिकारमाथि घेरावन्दी गरिएको होइन?’

प्रधानमन्त्रीलाई व्याङ्गे गर्दै डाक्टर केसीले भने, ‘वली जिको कृपाले म घेरावन्दीमा सुरक्षित नै छुँ।’

चिकित्सा शिक्षाको सुधारका लागि आफ्नो सत्याग्रहलाई कसैले रोक्न नसक्ने उनको भनाई छ।

विगतमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे कर्णालीमै पुनः सत्याग्रह थाल्ने उनको चेतावनी छ। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस अध्ययन सञ्चालन गर्न सरकारलाई निरन्तर दबाब दिइरहेका छन्।

यही मागसहित उनले दुई वर्ष अघि जुम्लामै सत्याग्रह थालेका थिए। तर, त्यति बेला डा. केसीलाई सरकारले जबर्जस्ती हेलिकप्टरमा काठमाडौं पुर्‍याएको थियो। त्यस बेला प्रहरी र उनका समर्थकबिच झडप हुँदा शिक्षण अस्पतालमा भौतिक क्षतिसमेत भएको भयो।

भदौ १७ गतेसम्मका लागि अनशन स्थगित गरेका डा. केसीले आफ्ना माग पुरा नभए १८ गतेबाटै सत्याग्रह सुरु गर्ने बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology