सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ बालबालिकाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २० गते २१:३४
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ बालबालिकाको मृत्यु
bf47fbcb0820f0ff19bc0582a9ee3c61bc67fd9e9055f18dd7abb86e7b9ca5a7.0

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ जना बालबालिकाको ज्यान गएको छ । आइतबार बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास सिलिन्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेहरुमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेकी छिन् । प्रहरीका अनुसार ग्याँस लिक हुँदा दुर्घटना भएको हो ।

प्रकाशित : २०७८ चैत २० गते २१:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI