सिताराम मन्दिर रामघाट क्षेत्र बिकास समिती द्धारा आयोजित खुल्ला भजन प्रतियोगितामा मौलाकालिका मन्दिर गैंडाकोट १ प्रथम

NAWALPUR TIMES

सुजन अधिकारी। गैँडाकोट नवलपुर, फागुन १०

सिताराम मन्दिर रामघाट क्षेत्र बिकास समिती को आयोजनामा खुल्ला भजन प्रतियोगिता गैंडाकोट मा सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागी सबै समूहलाई पछि पार्दै मौलाकालिका मन्दिर गैंडाकोट १ प्रथम भएको छ। यसैगरी गणेश मन्दिर गैंडाकोट ५ ले दोस्रो स्थान हासिल गरेको छ, भने मुक्तिनाथ भजन समूह गैंडाकोट ४ ले तृतीय स्थान हासिल गरेको छ। प्रतियोगितामा कालिका मन्दिर कालिका आश्रम गैंडाकोट ८ ले सान्त्वना पुरस्कार हासिल गरेको छ।

सिताराम मन्दिर रामघाट क्षेत्र बिकास समिती का अध्यक्ष हेमलाल सापकोटा को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथी गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा रहेका थिए।

सापकोटाले सनातन हिन्दुधर्मलाई पश्चिमी संस्कृति ले विभिन्न तरिकाबाट हस्तक्षेप गर्न खोजिरहेको मा हुन्दु धर्म रक्षाका लागि एकजुट हुनु पर्ने मा जोड दिएका थिए। त्यस्तै कार्यक्रम का बिशेष अतिथि एवं निर्णायक संयोजक गोबिन्द राज बिनोदी ले ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिने बताउनुभयो। उहाँले महाशिवरात्रि को महिमा का विषयमा चर्चा गर्दै शिवरात्रीलाई शक्तिको प्रतिकका रुपमा मानिने भएकाले सामाजिक विकृति हटाउँदै चाडपर्व मनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले सिताराम मन्दिर अब सबैको धार्मिक आस्थाको केन्द्रको रुपमा विकसित भएकाले यसको संरक्षण मा सबै को ध्यान जानू पर्ने बताएका थिए। कार्यक्रम मा प्रथम हुने समूहले नगद ८ हजार रुपैया पुरस्कार स्वरुप प्राप्त गरेको छ भने दोस्रो हुने समूहले ६ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन्। यसै गरी तृतीय हुने समूहले नगद ४ हजार र सान्त्वना स्थान हासिल गर्नेले नगद २ हजार रुपैया प्राप्त गर्न सफल भएका थिए।

कार्यक्रम मा उपस्थित अतिथी हरुले मन्दिर व्यवस्थापन समितिले गरेको कार्यक्रम को खुलेर प्रसंशा गर्दै नेपाल संस्कृतिले भरिपूर्ण रहेको र निर्वाध रुपमा यसरी नै विभिन्न माध्यम बाट आफ्ना पर्वहरु मनाउने वातावरण सृजना गरि राख्नुपर्ने मा जोड दिएका थिए।

कार्यक्रम मा अमर बिरही गुरुङ, माधब चालिसे लगायत अतिथी रहनु भएको थियो भने कार्यक्रम सिताराम मन्दिर रामघाट क्षेत्र बिकास समिती का उपाध्यक्ष नारायण प्रसाद सापकोटा ले सहजीकरण गर्नु भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology