साविक विजेता इंग्ल्यान्डले आज आयोजक भारतको सामना गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १२ गते ९:२९
साविक विजेता इंग्ल्यान्डले आज आयोजक भारतको सामना गर्दै
IndiaWins 5mNbg3xuLT

कावासोती – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत साविक विजेता इंग्ल्यान्डले आज आयोजक भारतको सामना गर्दैछ ।

इंग्ल्यान्ड र भारतबीचको खेल लखनउस्थित भारत रत्न श्री अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा भारतले खेलेका पाँचवटै खेलमा जित हात पार्दा इंग्ल्यान्डले एक खेलमा जित हात पार्दा चार खेलमा पराजय भोगेको छ ।

१० अंक जोडेको भारत दोस्रो स्थानमा रहँदा केवल २ अंक रहेको इंग्ल्यान्ड पुछारमा छ ।

यसअघि शनिबार भएको खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ५ रन तथा नेदरल्यान्डले बंगलादेशलाई ८७ रनले पराजित गरेको थियो ।

प्रकाशित : २०८० कार्तिक १२ गते ९:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI