साम्बा बनिन् दक्षिण एसियाको सर्वाधिक गोलकर्ता

NAWALPUR TIMES

साम्बा बनिन् दक्षिण एसियाको सर्वाधिक गोलकर्ता
Samba

कावासोती । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।

वाफ महिला च्यायम्पियनसिप अन्तरगत ९ गोल गरेपछि साम्बाले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् ।

गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले रेकर्ड बनाएकी हुन् ।
सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् ।

भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology