सामान्य रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?

NAWALPUR TIMES

सामान्य रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?
1605010067268

काठमाडौँ। एउटा मौसममा स्वास्थ्य एकनासले चलिरहेको हुन्छ। मौसम परिवर्तन हुनेवित्तिकै स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ। जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ। मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ ।

सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । यसै बिषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे यस्तो सुझाव दिन्छन् :

अहिले मौसम परिवर्तनको समय हो । यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो । कोरोना संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ ।
.
यस्ता छन् मौसमी रुघा खोकीका लक्षण

  • नाक बन्द हुने
  • नाकबाट पानी आउने
  • हाँच्छ्यु आउने
  • शरीर दुख्ने
  • हल्का ज्वरो आउने
  • टाउको दुख्ने
  • शरीर दुख्ने
  • सामान्य उपचार तथा आरामले फाइदा गर्ने
  • छोटो समयमा निको हुने

यस्ता छन् कोरोना संक्रमणका लक्षण

  • सुख्खा खोकी लाग्ने
  • उच्च ज्वरो आउने
  • एकदम थकाइ लाग्ने
  • सास फेर्न गाह्रो हुने
  • स्वाद वा / र गन्ध थाहा नहुने
  • घाँटी खसखस गर्ने / बोलि परिवर्तन हुने
  • निको हुन १० दिन लाग्न सक्ने
  • खाना नरुच्ने
  • अक्सिजन / आइसीयुको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पिसिआर टेस्ट गर्ने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology