सामाजिक सुरक्षा योजना बैंक तथा वित्तिय सस्थाका कर्मचारीहरुको हित विपरित भएको भन्दै कावासोतीमा प्रदर्शन

NAWALPUR TIMES

सामाजिक सुरक्षा योजना बैंक तथा वित्तिय सस्थाका कर्मचारीहरुको हित विपरित भएको भन्दै कावासोतीमा प्रदर्शन
1625566348bank 2

कावासोती : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा भएका केहि प्रावधानहरु कर्मचारीहरुको हित विपरित भएको भन्दै कावासोतीमा मंगलबार बैंक तथा वित्तिय सस्थाका कर्मचारीहरुले कावासोतीमा प्रदर्शन गरेका छन् ।

कावासोती बैकर्स एशोसिएसनको आव्हानमा मंगलबार बैंक कर्मचारीहरुले प्रदर्शन गरेका हुन् । एशोसिएसनका सचिव शेशराज पोख्रेलले सामाजिक सुरक्षा कोष ऐन र यसका कार्यविधिका बुँदाहरु एक आपसमा बाझिएकोले कर्मचारीको लगानी असुरक्षित हुने देखेर प्रदर्शनमा उत्रिएको बताए ।

उनले यसका प्रावधानहरु नसच्याय सम्म आफुहरुको आन्दोलन नरोकिने बताए । एशोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जर्बजस्ती लागू गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैँक तथा बित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने बताए । मंगलबारको प्रदर्शनमा कावासोती क्षेत्रका बैंकका कर्मचारीहरु सहभागी थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology