सामाजिक सञ्जाल ‘अकाउन्ट’को विवरण बुझाउन दल र उमेदवारलाई आयोगको निर्देशन

NAWALPUR TIMES

सामाजिक सञ्जाल ‘अकाउन्ट’को विवरण बुझाउन दल र उमेदवारलाई आयोगको निर्देशन
election commission

काठमाडौं । राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उमेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा विवरण बुझाउनुपर्ने बताए ।

“राजनीतिक दल र उमेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचारप्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा उमेदवारको अन्तिम सूचना भएको २४ घण्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उमेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विवरण अनिवार्य बुझाउन निर्देशन दिइएको छ,” उनले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology