साफ यू–१७ च्याम्पियनशिपः सेमिफाइनलमा नेपालको भिडन्त श्रीलंकासँग

NAWALPUR TIMES

साफ यू–१७ च्याम्पियनशिपः सेमिफाइनलमा नेपालको भिडन्त श्रीलंकासँग
nepal vs bhutan GhlhWuLy1f

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालको भिडन्त आयोजक टिमसँग हुनेछ ।  श्रीलंकाले कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंका अन्तिम चारमा नेपाललाई प्रतिस्पर्धी पाएको हो ।

श्रीलंकालाई जित दिलाउन मोहमद मुफासले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए ।

समूह ए बाट श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्ने छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology